कर्णालीका मुख्यमन्त्रीले लिए शपथ

निकासखबर संवाददाता

काठमाडौँ, २८ चैत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकीकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

मा प्रकाशित