एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

निकासखबर संवाददाता

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ परेका छन् ।

एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका उनलाई पुनारो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । लामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई लागूऔषध सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनले पाँच वर्ष कैद सजाय तोेकेको थियो ।

मा प्रकाशित