झापामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

निकासखबर संवाददाता

झापा, १२ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेमा बुधबार भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

आज विहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको प्र१–०१–००१च ९३२९ नम्बरको जीप आपसमा ठोक्किंदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जीप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित