बझाङमा मतगणना सुरु

निकासखबर संवाददाता

बझाङ, १६ बैशाख । शनिबार भएको बझाङ प्रदेश सभा (क) को उपनिर्वाचनअन्तर्गत भएको मतदानको मतगणना सुरु भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेपछि मतगणना सुरु गर्ने सहमति गरेपछि जिल्ला अदालतको परिसरमा मतगणना सुरु भएको हो ।

छविसपाथिभेरा गाउँपालिका– १ र २ बाट गणना थालिएको हो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा उत्रिएका छन् भने उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

मा प्रकाशित