इलाम– २ उपनिर्वाचन : रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

निकासखबर संवाददाता

काठमाडौं, १८ बैशाख । इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७७२ मतसहित नेकपा एमाले सुहाङ नेम्वाङ विजयी बनेका छन् । उनका निकटम प्रतिष्पर्धी कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । त्यस्तै माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुसहित १६ जनाले कूल सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गरेका उनीहरुको जमानत जफत भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएका थिए ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् । यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित