विदेशी खबर

बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलायो
निकासखबर संवाददाताकाठमाडौं । भारतको असममा एक ५ वर्षका बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलाइदिएको छ । असमको रोहमोरिया पुलिस चौकी अन्तर्गत ढोलजान चिया बगानमा ५ वर्षका एक बालकको कथित रुपमा हत्या भएको घटनाले आक्रोशित बगानका स्थानीयले आरोपीलाई जिउँदै जलाइदिएका हुन् । डिब्रुगढ सहरबाट करिब २५ किलोमिटर टाढा रहेको ढोलजान चिया बगानमा भएको यो घटना शनिबारको हो । डिब्रुगढ जिल्लाका पुलिस अधीक्षक श्वेतांक मिश्राले घटनाको पुष्टि गर्दै पुलिसले घटनास्थलमा पुगेर पूरै घटनाको जाँच सुरु गरेको बताएका छन् । घटनाको बारेमा प्राप्त जानकारी अनुसार ५ वर्षका बालक उज्जवल मुरा अन्य बालबालिकाहरुको साथमा शनिबार आरोपी सुनिल तांतीको घर परिसरमा खेलिरहेका थिए । यही बीच…

भासेलकिभको हवाई आधार ध्वस्त
निकासखबर संवाददाताकिभ। रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् । रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ। अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ। रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण…

९० लाख जनसंख्या भएका चिनियाँ सहरमा लकडाउन
निकासखबर संवाददाताएजेन्सी । कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो । चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ । नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ । स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक ¥यापिड एन्टिजेन परीक्षण सुरु गर्दैछ । पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि…

भारतमा थपिए चार हजार ३६२ जना कोरोना सङ्क्रमित
निकासखबर संवाददाताएजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ सङ्क्रमित भएका हुन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९४८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.१२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा आठ हजार ५५ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

युक्रेन छाड्नेको संख्या २० लाख नाघ्यो
निकासखबर संवाददाताकाठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेन छोड्ने मानिसको सङ्ख्या २० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बीबीसीलाई बताएको छ। शरणार्थीसम्बन्धी मामिला हेर्ने राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनबाट ठूलो सङ्ख्यामा मानिसहरूले देश छोड्नुलाई दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा ठूलो शरणार्थी सङ्कट भनेका छन्।