विदेशी खबर

उकालो लाग्दै दक्षिण कोरियाको उत्पादक मूल्य
निकासखबर संवाददाता

काठमाडाैं । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) एक महिना अघिको मार्चमा ०.१ प्रतिशतले बढेको  थियो भने फेब्रुअरीमा ०.२ प्रतिशत र जनवरीमा ०.४ प्रतिशतले बढेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ । कोभिड–१९ महामारी विरूद्ध बिभिन्न   किसमका नियन्त्रणात्मक उपायहरू अपनाइएका कारणले गर्दा भोजनालय र आवास सेवाका क्षेत्रका उच्च मूल्यमा आपूर्तिकर्ताहरू बीचको सेवा मूल्य गत महिना ०.१ प्रतिशतले बढेको बैङ्कले जनाएको छ । यसैगरी महङ्गा खालका रासायनिक उत्पादनहरूमा औद्योगिक उत्पादनहरूको मूल्य ०.२ प्रतिशतले…

मोदीविरुद्धको भाषण गर्ने भारतीय कांग्रेसका नेता गान्धीलाई दुई वर्ष जेल सजाय
निकासखबर संवाददाता

काठमाडौं । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई जेल सजाय तोकिएको छ । मानहानीकोे मुद्धा दायरपछि भएको फैसलामा उनलाई गुजरातको सुरतस्थित अदालतले यस्तो सजाय सुनाएको हो । एक भाषणमा गान्धीलेसबै चोरको उपनाम मोदी किन हुन्छ ( ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ? ’) भनी बोलेका थिए । सो अभिव्यक्तिलाई लिएर राहुलविरुद्ध मानहानीको मुद्धा दायर गरिएको हो । उनीविरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए । गान्धीले यस्तो अभिव्यक्ति कर्णाटकमा आयोजित चुनावी सभामा बोलेका थिए । अदालतले गान्धीलाई ३० दिनका लागि…

सैनिक कारबाहीमा चार जना विद्रोहीकाे मृत्यु
निकासखबर संवाददाता

  काठमाडौं । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक सहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् । कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी ९एनपीए० का सदस्य भएको आशङ्का गरिएको छ । सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ । सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका…

युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड
निकासखबर संवाददाता

काठमाडौं । चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष पूरा भएको सन्दर्भमा सङ्कटको राजनीतिक समाधान खोज्न युक्रेन र रुसलाई आह्वान पनि गरेको छ । दुवै देशले अविलम्ब शान्ति वार्तामा बस्नुपर्नेमा जोड दिँदै बेइजिङले आणविक हतियारको प्रयोग नगर्न दुवै पक्षलाई सचेत गराएको छ । युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो १२ बुँदे धारणा सार्वजनिक गर्दै चीनले शान्ति वार्तामा जोड दिएको हो । अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक…

दक्षिण कोरियामा वायु सेनाको लडाकु विमान दुर्घटना ,३ जना चालकको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको विमान दुर्घटनामा एक चालक घाईते भएका छन् ।दक्षिण कोरियाको के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४ सय ४० किलोमिटर दक्षिणपूर्वको साचियोनको धान खेतमा दुर्घटना भएको हो । तेज हावाका कारण विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । यसैबीच विमान दुर्घटनामा मृत्यु हुनेहरुको एक समारोहका बीच अन्त्येष्टि गरिएको छ ।