बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलायो

निकासखबर संवाददाता

काठमाडौं । भारतको असममा एक ५ वर्षका बालकको हत्या आरोपीलाई भिडले जिउँदै जलाइदिएको छ ।  असमको रोहमोरिया पुलिस चौकी अन्तर्गत ढोलजान चिया बगानमा ५ वर्षका एक बालकको कथित रुपमा हत्या भएको घटनाले आक्रोशित बगानका स्थानीयले आरोपीलाई जिउँदै जलाइदिएका हुन् ।

डिब्रुगढ सहरबाट करिब २५ किलोमिटर टाढा रहेको ढोलजान चिया बगानमा भएको यो घटना शनिबारको हो । डिब्रुगढ जिल्लाका पुलिस अधीक्षक श्वेतांक मिश्राले घटनाको पुष्टि गर्दै पुलिसले घटनास्थलमा पुगेर पूरै घटनाको जाँच सुरु गरेको बताएका छन् ।

घटनाको बारेमा प्राप्त जानकारी अनुसार ५ वर्षका बालक उज्जवल मुरा अन्य बालबालिकाहरुको साथमा शनिबार आरोपी सुनिल तांतीको घर परिसरमा खेलिरहेका थिए । यही बीच अचानक तांतीलाई कुनै कुराले रिस उठ्यो र उनले उज्जवलको चक्कुले घाँटी रेटेर हत्या गरिदिए ।

बीबीसी हिन्दीका अनुसार घटनाको जानकारी पाएपछि त्यहाँ चिया बगानका मानिसहरु जम्मा हुन थाले । त्यसपछि भिडमा रहेका केही व्यक्तिहरुले आरोपी तांतीलाई समात्नको लागि करिब आधा किलोमिटरसम्म उनको पिछा गरे ।

उनलाई समातेपछि भिडले उनलाई जिउँदै जलाइदिए । यो घटनापछि ढोलजान चिया बगानमा आतंकको माहोल छ । पुलिसले शवहरुलाई पोस्टमार्टमको लागि पठाएको छ तर अहिलेसम्म घटनामा संलग्न कुनै व्यक्तिलाई गिरफ्तार गरिएको छैन ।

मा प्रकाशित