भासेलकिभको हवाई आधार ध्वस्त

निकासखबर संवाददाता

किभ। रुसी सेनाको रकेट हमलामा भासेलकिभ शहरको एउटा हवाई आधार ध्वस्त भएको स्थानीय मेयरको भनाई उदृत गर्दै इन्टरफ्याक्स युक्रेनले जनाएको छ । रकेट हमलामा हतियारसम्बन्धी डिपो प्रभावित भएको भासेलकिभका मेयरले बताएका छन् ।

रुसी सेनाले युक्रेन हमलालाई तीव्र पारेको छ। अहिले रुसी सेनाले राजधानी किभलाई मुख्य निशाना बनाइरहेको छ । रुसी फौज राजधानी किभबाट केही किलोमिटरको दूरीमा मात्र रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। रुसी सेनाले राजधानीमा रकेट हमला गरेको छ ।

रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ। रुसी हमलालाई युक्रेनी सेनाले कडा प्रतिकार गरेको छ । हमलाका कारण युक्रेनबाट २० लाख भन्दाबढी मानिस ज्यान जोगाउन विभिन्न देशमा शरण लिएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित