दक्षिण सुडान आक्रमणमा ५२ जनाको मृत्यु

निकासखबर संवाददाता

एजेन्सी, १६ माघ । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको मृत्यु भएको छ । जसमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्य समेत रहेका छन् । अन्य ६४ जना घाइते भएको समाचार छ ।

सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ।

सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । जग्गाका कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ । दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् ।

साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर यो आक्रमणमा नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

 

मा प्रकाशित