सिरियामाथि इजरायलको आक्रमण

निकासखबर संवाददाता

इजरायलले सिरियाको राजधानी दमास्कस र एलेप्पो सहरका विमानस्थललाई निशाना बनाएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’का अनुसार एयरपोर्टको अवतरण क्षेत्रमा मिसाइलबाट क्षति पुगेको छ जसका कारण यो अब सेवामा छैन । स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरु गरेको छ ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ।इरानका विदेशमन्त्रीको सिरिया भ्रमणको एक दिनअघि इजरायलले यो हमला गरेको हो ।

सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन् । इरानले लामो समयदेखि हमासलाई समर्थन गर्दै आएको छ । इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूलाई निशाना बनाउँदै आएको छ ।एजेन्सी

मा प्रकाशित