चितवनमा खिचिएको याे तस्वीर विश्वकै उत्कृष्ट

निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । हात्तीले शरीरको झिंगा धपाउन बालुवा छर्किँदै गरेको एक तस्वीर विश्वको उत्कृष्ट तस्वीर बनेको छ । पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको उक्त तस्बिरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको हो यो सँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेको छ ।

विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड (२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ । विजयी सबै तस्बिरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् ।

 

मा प्रकाशित