मनोरञ्जन

रंगमा रमाए पाेखरा पुगेका पर्यटक
निकासखबर संवाददाता

पोखरा । नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि लेकसाइड पर्यटकको केन्द्र । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा रमाएका छन् । होली नेपाली परम्पराको रङको पर्व । एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए । होलीको रङसँगै रमाइरहेका जर्मन…

तिम्रा चेलीबेटीले पनि पैसाकै लागि शरीर बेच्छन्?
निकासखबर संवाददाता

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गायक प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियोबारे विभिन्न टिकाटिप्पणी भैरेहका छन् । कसैले प्रंशसा गरिरहेका छन्, भने कसैले विरोध। प्रशंसा र विरोधले सामाजिक सञ्जाल तातेको छ। तर, स्वयं, प्रकाश सपुतले भने यस बारेमा मुख खोेलको छैनन् । यसैबीच जनयुद्धमा लामो सय विताएर लगभग सर्वश्व गुमाएकी एक पूर्व छापामारले प्रकाश सपुतलाई प्रश्नको कठघरामा उभ्याएकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै एक संगीन प्रश्न गरेकी छिन्, ‘प्रकाश सपुत भन्ने कलाकार अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट उदाएका गायक हुन रे । के उनका चेलिबेटीहरुले पनि पैसा कमाउनका लागि देहव्यापार गरे होलान् त ? उनी कलाकार हुन्, कल्पना…

‘बुलाकी’मा सुरक्षाको कर्णाली लुक्स
निकासखबर संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को पहिलो मुहार सार्वजनिक भएको छ । पहिलो मुहारमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फस्टलुकमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा देखाइएको छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व। मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ । छत्रेश्वरी मेनेजमेन्टको…

राजु लामाले ल्याए गीत ‘चिसो चिसो’
निकासखबर संवाददाता

काठमाडौं | लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्टका गायक राजु लामाको नयाँ रोमान्टिक गीत ‘चिसो चिसो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । लामो समयपछि गायक राजु लामाले रोमान्टिक शैलीको गीत ल्याएका हुन् । निरोज लामाको संगीत तथा बिर्खा गुरुङको शब्द गीतमा छ । गीतको म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रियारानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय छ । सियोन श्रेष्ठको कोरीयोग्राफी, रुपेश थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रुपेश थापाले नै निर्देशन गरेका हुन् । म्युजिक भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनले बाहिर ल्याएको हो । Facebook Notice for EU! You need to login to view and post FB…

इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने
निकासखबर संवाददाता

काठमाडौं | इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि एलओडीमा…