तिम्रा चेलीबेटीले पनि पैसाकै लागि शरीर बेच्छन्?

निकासखबर संवाददाता

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गायक प्रकाश सपुतको ‘पीर’ म्युजिक भिडियोबारे विभिन्न टिकाटिप्पणी भैरेहका छन् । कसैले प्रंशसा गरिरहेका छन्, भने कसैले विरोध। प्रशंसा र विरोधले सामाजिक सञ्जाल तातेको छ।

तर, स्वयं, प्रकाश सपुतले भने यस बारेमा मुख खोेलको छैनन् । यसैबीच जनयुद्धमा लामो सय विताएर लगभग सर्वश्व गुमाएकी एक पूर्व छापामारले प्रकाश सपुतलाई प्रश्नको कठघरामा उभ्याएकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै एक संगीन प्रश्न गरेकी छिन्, ‘प्रकाश सपुत भन्ने कलाकार अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट उदाएका गायक हुन रे । के उनका चेलिबेटीहरुले पनि पैसा कमाउनका लागि देहव्यापार गरे होलान् त ? उनी कलाकार हुन्, कल्पना गरे हाम्रोबारे । अनि हामी दश वर्ष बम बारुदबाट मुस्किलले बाँचेका नारी हौ, के हामीले उनको बारे कल्पना गर्न नपाउने?’

रोल्पाकी पूर्वछापामार कमरेड उषा भिडियोले इतिहासलाई गलत रुपमा स्थापित गर्न खोजेको बताउँदै अगाडि लेख्छिन्,‘घरबाट ६ जना गुमाउने हामी, शरिरभरि सयभन्दा बढी छर्रा बोक्ने हामी, जिवनसाथी आफ्नै काखमा गुमाउने हामी, पुरै उमेर बम बारुदमा जिउने हामी, अनि हामीलाई नै वेश्यालयमा देखाउने को हो त्यो प्रकाश रु इतिहासलाई गलत स्थापित गर्न कोबाट कति खाइस रु नेतृत्वप्रति खबरदारी गर्छौ हामी, बरु भोकभोकै सडकमा मर्न तयार छौ। तर, तैले कल्पना गरेजस्तो शरिर बेच्न सक्दैनौ हामी।’

उषा थप्दै भन्छिन्,‘प्रकाश सपुत भन्ने कलाकार अत्यन्तै नाजुक आर्थिक पारिवारिक अवस्थाबाट उदायका गायक हुन रे। के उनका चेलिबेटिहरुले पनि पैसा कमाउनकै लागि देहव्यापार गरे होलान् त रु उनी कलाकार हुन्, कल्पना गरे हाम्रोबारे। अनि हामी दश वर्ष बम बारुदबाट मुस्किलले बाँचेका नारी हौ, के हामिले उनको बारे कल्पना गर्न नपाउने रु उनको गीतले पीडामात्रै होइन, आक्रोश जगाएको छ, मेरो मनभित्र। हो, हामीले जनयुद्वमा देखेका कयौ सपनाहरु पूरा भएनन्। हामी आज पनि घरबारबिहिन छौ, शरिरभरि बमका छर्राहरु र यातनाका निलडामहरु बोकेर बसेका छौ। तर, हामी निरन्तर खबरदारि गछौँ, आफ्ना नेतृत्वहरुलाई। रिस पोख्छौ, त्यो हामीलाई अधिकार छ। किनकि ती नेतृत्वसंग हामीले पाइला पाइलामा सिन्चित गरेको रगत पसिनाको मुल्य खोज्ने अधिकार पनि छ। तर यसको अर्थ हामी जनयुद्वकै कारण नाजुक आर्थिक अबस्थाकै कारण शरिर बेच्न तयार छैनौँ।’

प्रकाश सपुत भन्ने कलाकार अत्यन्तै नाजुक आर्थिक अवस्थाबाट उदाएका गायक हुन रे। के उनका चेलिबेटीहरुले पनि पैसा कमाउनका लागि देहव्यापार गरे होलान् त रु उनी कलाकार हुन्, कल्पना गरे हाम्रोबारे। अनि हामी दश वर्ष बम बारुदबाट मुस्किलले बाँचेका नारी हौ, के हामीले उनको बारे कल्पना गर्न नपाउने रु

म्युजिक भिडियोमा के छ ?

कथामा एक पुरुष छन्, जसले युद्धकै क्रममा खुट्टा गुमाएको संकेत गरेको छ। अहिले उनी बोइलरको मासु बेचेर बाँचिरहेका छन्। उनको एक छोरीसहित श्रीमति पनि छिन्। श्रीमतिको शरीरमा बन्दुकको गोली पसेको दाग अझै स्पष्ट छ। सायद, अझै गोली शरीरबाट निकाल्न नसकिएको संकेत गरेको देखिन्छ। कोठाभाडा तिर्नै सकस परिरहेकोे उक्त दम्पतीलाई अन्ततः आर्थिक अभावले नै टाढा बनाएको छ। छोरीलाई श्रीमानको जिम्मा लगाएर श्रीमति खाडी मुलुक हानिएकी छन्।

अन्ततः अर्थिक समस्याकै कारण टाढा भएको दम्पती झन् समस्यामा फस्दै जान्छन्। श्रीमतीलाई विदेशमा तीन महिनादेखि बन्धक बनाएर यातना दिइन्छ। यता श्रीमान पनि आफूलाई भुलाउन एक युवती ९पैसामा शरीर बेच्ने०सँग एउटा कोठामा प्रवेश गर्छन्। तर, जब उनले ती युवतीको अनुहार देख्छन्, उनी हडबडाउँछन्। आत्तिन्छन्। किनकि युवती उनै थिइन्, जो सँग उनले १० वर्षे जनयुद्धमा सँगै युद्ध लडेका थिए। उनी आफ्नै पुरानो सहयोद्धा थिइन्।

कमरेड उषा सामाजिक सञ्जालमा लेखेकी छन् भोकै मर्न तयार छौ, तर शरिर बेच्दैनौँ

वास्तवमा गायक सपुतले प्रतिनिधि कथा देखाउने प्रयास गरेका छन्। तर, उनले १० वर्षे जनयुद्धका महिला छापामारहरुले अहिले बाँच्नकै लागि पैसामा आफ्नो शरीर बेचिरहेको देखाउन खोजेका छन्। जसको कारण उनी विवादमा तानिएका हुन्।

आफूहरु भोकै मर्नु परे पनि कुनै पनि हालातमा आफ्नो शरिर पैसामा बेच्न तयार नभएको भन्दै माओवादीका पूर्व छापामार महिलाहरुले टिप्पणी गर्दै आएका छन्। गायक सपुतले आफै कल्पना गरेर १० वर्षे जनयुद्धमा महिलाहरुले दिएको योगदानमाथि भद्धा मजाकको भिडियो बनाएको उनीहरुको आरोप छ।

मा प्रकाशित