राजु लामाले ल्याए गीत ‘चिसो चिसो’

निकासखबर संवाददाता

काठमाडौं | लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्टका गायक राजु लामाको नयाँ रोमान्टिक गीत ‘चिसो चिसो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । लामो समयपछि गायक राजु लामाले रोमान्टिक शैलीको गीत ल्याएका हुन् ।

निरोज लामाको संगीत तथा बिर्खा गुरुङको शब्द गीतमा छ । गीतको म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रियारानी लामा, अशिमा बस्नेत, डीबी गुरुङलगायतका कलाकारको अभिनय छ ।
सियोन श्रेष्ठको कोरीयोग्राफी, रुपेश थापाको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो रुपेश थापाले नै निर्देशन गरेका हुन् । म्युजिक भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनले बाहिर ल्याएको हो ।
मा प्रकाशित