मनोरञ्जन

दिलु पन्तको तातो गोली सार्वजनिक
निकासखबर संवाददाता

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तको शब्द रचनामा तातो गोली गीत सार्वजनिक भएको छ । युट्युब च्यानल मार्फत् सार्वजनिक भएको उक्त गीत गणतन्त्र दिवसको अवसर पारेर हिजो सार्वजनिक गरिएको बताइएको छ । गायक शिशिर योगीको स्वर, संगीतकार बीबी अनुरागीको सङ्गीतमा नेतृ दिलकुमारी पन्तको शब्द रचनामा तातो गोली नामक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो । गीतबारे रचनाकार पन्तले सामाजिक सञ्जालमा लेखेका छन् : ’२०६२–०६३ मा भएको जनआन्दोलनकै मैदानमा लेखिएको उक्त गीतलाई अहिले सार्वजनिक गरिएको हो । जतिबेला शहीद भीमसेन दाहालको छातीमा गोली लागि मेरै आँखा अगाडि ढल्नु भएको थियो अनि आफैंलाई स्पर्श गरि वारपार हुने गरी टियर…

सलमान लुंगी लगाएर नाचेपछि रिसाए उनका साउथ फ्यानहरू
निकासखबर संवाददाता

काठमाडौं । सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को नयाँ गीत यन्तम्मा चर्चामा छ। जसमा अभिनेता पारम्परिक तेलुगु पहिरनमा देखिएका थिए। गीतमा सलमान खान लुंगी जस्तो भेस्ट उठाएर नाचिरहेको देखिएका छन्। जसका कारण साउथका फ्यानहरु आक्रोशित भएका छन्। प्रयोगकर्ताहरूले यो उनीहरूको परम्परागत पोशाकको अपमान भएको बताएका छन्। सलमान खान चाँडै नै आफ्नो फिल्म ‘किसी का भाई किसकी जान’ लिएर आउँदैछन्। यो चलचित्रको ट्रेलर छिट्टै रिलिज हुँदैछ। यसैबीच निर्माताले गीत सार्वजनिक गरेर दर्शकको जोश र उत्साह बढाइरहेका छन्। Facebook Notice for EU! You need to login to view and post FB Comments!

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
निकासखबर संवाददाता

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन । ‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारे । चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उहाँले त्यो भूमिका गरेनन् । “दर्शकले विश्वास गर्नुहुन्न की…

‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला
निकासखबर संवाददाता

काठमाडौैं । बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० विधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेदि चैत ११ गतेसम्म फारम खुल्ला रहनेछ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ । अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका…

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
निकासखबर संवाददाता

पाल्पा । मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुग्छन् थापा । पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन् । गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उहाँकै नेतृत्वमा देखाइन्छ । “युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्”, थापाले भने, “केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।” मारुनी गाउने र नाच्ने भनेपछि उहाँ औधी खुसी हुनुहुन्छ । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि…