सलमान लुंगी लगाएर नाचेपछि रिसाए उनका साउथ फ्यानहरू

निकासखबर संवाददाता

काठमाडौं । सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को नयाँ गीत यन्तम्मा चर्चामा छ। जसमा अभिनेता पारम्परिक तेलुगु पहिरनमा देखिएका थिए।

गीतमा सलमान खान लुंगी जस्तो भेस्ट उठाएर नाचिरहेको देखिएका छन्। जसका कारण साउथका फ्यानहरु आक्रोशित भएका छन्। प्रयोगकर्ताहरूले यो उनीहरूको परम्परागत पोशाकको अपमान भएको बताएका छन्।

सलमान खान चाँडै नै आफ्नो फिल्म ‘किसी का भाई किसकी जान’ लिएर आउँदैछन्। यो चलचित्रको ट्रेलर छिट्टै रिलिज हुँदैछ। यसैबीच निर्माताले गीत सार्वजनिक गरेर दर्शकको जोश र उत्साह बढाइरहेका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित