बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

निकासखबर संवाददाता

काठमाडौँ, २७ माघ । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि शनिवार उनलाई कोलकत्तास्थित एक निजी अस्पतालमा आपतकालिन इकाइमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् ।

यद्यपि उनलाई के भएको हो भनेर अस्पतालले कुनै जानकारी गराएको छैन । ७३ वर्षीय चक्रवर्तीको स्वास्थ्यस्थितिबारे परिवारले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित