२१ मिनेट छोट्ट्याइएको ‘रङ्गेली’ आजबाट प्रदर्शनमा

निकासखबर संवाददाता

काठमाडौं, २८ फागुन । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘रङ्गेली’मा केही छोट्याइएको भाग पनि दर्शकले हेर्न पाउने भएका छन् । पुनः सम्पादन गरेर ‘‘रङ्गेली’को लम्बाई घटाइएको छ । आजबाट दर्शकले केही छोट्ट्याइको ‘रङ्गेली’ हेर्न पाउने भएका छन् ।

यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित हलमा रिलिज भएको यो चलचित्र आजदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।

चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताएका छन् । उनका अनुसार चलचित्र २१ मिनेट घटाइएको छ । ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

मा प्रकाशित