१२ वर्षकाे सम्बन्ध टुंगियाे अभिनेत्री इशा देओलकाे, गरिन् डिभोर्स

निकासखबर संवाददाता

एजेन्सी, २४ माघ । बलिउड अभिनेत्री इशा देओलले श्रीमान् भरत तख्तानीसँग डिभोर्स गरेकी छिन् । लामो समयदेखि अलग बस्दै आएको यो जोडी अन्नतः डिबोर्स गरेका हुन् ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले विवाहको १२ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । केही समयअघि उनीहरूको सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो । मंगलबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले छुट्टिएको घोषणा गरेका हुन् ।

इशा धर्मेन्द्र र हेमा मालिनीकी छोरी हुन् । इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी राध्या र मियारा छन्।

मा प्रकाशित