गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने

निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । काठमाडौंको चाविहिलस्थित गोपीकृष्ण सिनेमा हल यही फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ । २८ वर्ष पुरानाे यस हल बन्द गर्ने निर्णय गरिएकाे प्रबन्ध निर्देशक नीरक पौडेलले जनाए

चलचित्रकर्मी, हाल राप्रपा नेता उद्धव पौडेलको अगुवाइमा यो हल २०५२ सालमा स्थापना भएको थियो । पौडेलले यसलाई सिनेमाको निर्माण, प्रदर्शन र वितरण गरी तीनै विधामा गनेचुनेको व्यवसायिक घरानाका रूपमा स्थापित गरेका थिए ।

कोरोनाकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नुपरेको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीका कारण हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित