विविध खबर

अन्तिम खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित
निकासखबर संवाददाता

काठमाडौं, २२ बैशाख । पाँच खेलको टी– २० सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’  लाई ६ विकेटले पराजित गरेको छ । नेपालले पहिलो र अन्तिम गरी दुई खेल जितेको हो । यद्दपि यसअघिका तीन खेलमा भने लगातार हार व्यहोरेको नेपालले उपाधि भने हात पार्न सकेन । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी–२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपाली टप अर्डरको लगातारको खराब फर्म भने अन्तिम खेलमा सुधार गरेका छन् । १७३ रनको लक्ष्य पछ्याएको नेपालले ७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो। पहिला टस जित्दै ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । नेपालका…

कुशल भुर्तेल बने ब्राण्ड एम्बास्डर
निकासखबर संवाददाता

काठमाडौँ, १७ बैशाख । नेपाली क्रिकेटर कुशल भुर्तेल केटीएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी क्रिकेटर भुर्तेललाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको हो । केटीएम कन्सल्टिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ। सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् । कन्सलटेन्सी र भुर्तेलबीच सोमबार एक वर्षका लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो । नेपालको तर्फबाट ओपनिङ ब्याटिङ गर्दै आएका भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागेको बताए…

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
निकासखबर संवाददाता

काठमाडौं, ५ बैशाख । अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ परेका छन् । एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका उनलाई पुनारो मुद्दामा पक्राउ गरिएको एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । लामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई लागूऔषध सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनले पाँच वर्ष कैद सजाय तोेकेको थियो ।

एसीसी प्रिमियर कप : हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश
निकासखबर संवाददाता

काठमाडौं, ३ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको छ । हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए । यस्तै कुशल भुर्तेलले १९ बल खेल्दै ३२ रनको योगदान दिए। कुशलले ३ चौका र २ छक्का हाने । नेपालका कप्तान रोहित पौडेलले अविजित २५ रन…

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपाल विजयी
निकासखबर संवाददाता

काठमाडौं, १ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो खेलमा कतारलाई नेपालले ३२ रनले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले कतारलाई २११ लक्ष्य दिएको थियो । कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमै समेटियो। २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे । उनले जम्मा ५२ रन बनाएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए । यस्तै कुशल मल्लले ३५ रन जोड्दा…