विविध खबर

एसीसी प्रिमियर कप : कतारविरुद्ध नेपालको पहिले ब्याटिङ
निकासखबर संवाददाता

काठमाडौं, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान–१ मा नेपाली समय अनुसार सवा ४ बजे खेल सुरु भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । आजको खेलमा नेपालका तर्फबाट रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक…

ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक : ४० हजारले परिक्षा दिँदा ६ हजार मात्रै उत्तीर्ण
निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ। उत्तीर्ण परीक्षार्थीलाई राहदानी…

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सकाे निःशुल्क टिकट
निकासखबर संवाददाता

काठमाडौं, २८ फागुन । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो । नेपालभरका क्यान्सरका बिरामीलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता भएको छ । क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यतीका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए । निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ ।  

वर्षाका कारण नेदरल्यान्ड्स र मलेसियाबीचको खेल रोकियो
निकासखबर संवाददाता

काठमाडौं, २० फागुन । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको  नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । वर्षाका कारण मैदानमा कभर ढाकिएको छ भने दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ । नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ…

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट सुरु
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । चैत ७ गतेसम्म सन्चालन हुने सो खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियान तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप…