विविध खबर

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट सुरु
निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । चैत ७ गतेसम्म सन्चालन हुने सो खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियान तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप…

शिक्षा पत्रकार समूहले मनायाे रजत जयन्ती, पाँच जना सम्मानित
निकासखबर संवाददाता

काठमाडौं, ५ फागुन । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । २५ वर्षअघि स्थापना भएको सो समूहले विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो । कार्यक्रममा प्रमूख अतिथि शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै दिइएको भन्दै प्रयाप्त छलफल गरेर नै संविधानमा विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको बताए । यसमा विभिन्न खालका टिकाटिप्पणी भइरहेको भन्दै आवश्यकता तथा जानेर नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएको प्रष्ट्याए । विद्यालय शिक्षा विधेयक हिउदे अधिवेशनबाट पास गर्नका लागि सरकार र समिति लागिपरेको भन्दै हिउँदे अधिवेशनबाट प्रतिनिधिसभाबाट पारित गराउने र बर्खे अधिवेशनमा राष्ट्रियसभाबाट…

दिमाग तेजिलो बनाउन यी खानेकुराहरुको सेवन गर्नुहोस्
निकासखबर संवाददाता

एजेन्सी, २७ कात्तिक, २०८१ । मस्तिष्कको विकासको लागि अन्य कुरा सँगसँगै खानेकुराको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । जसको नियमित सेवनले स्मरण शक्तिको विकास गर्न सकिन्छ । यी कुराहरु हाम्रै भान्छामा पनि हुने गर्दछन् । तर हामी त्यसलाई वेवास्ता गर्दछौं । आज हामी स्मरणशक्ति वृद्धि गर्ने केही खानेकुराबारे चर्चा गर्दैछौं । १. गोलभेँडा : गोलभेडामा हुने लाइकोपिन तत्वले शरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । त्यसका साथै गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् । २. ओखर : दिनहुँ ओखर सेवन गर्नाले स्मरण शक्तिको वृद्धिका लागि निकै सहयोग पुग्छ । यसमा ओमेगा थ्री फ्याट्टी…

एसिसी वुमन्स प्रिमियर कप : हङकङलाई पराजित गर्दै नेपाल विजयी
निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई पराजित गर्दै विजयी बनेको छ ।  जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गरेकाे थियाे । नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन् । यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन् । उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन् । कविता कुँवरले चार रन जोडिन् ।…

अभिभावक पढाउँदै रोङ गाउँपालिका
निकासखबर संवाददाता

इलाम, २७ माघ । रोङ गाउँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो’, अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।’ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको छ । शुक्रबारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुबासले बताए । ‘सुरुको दिन ११ विद्यालयका तीन सय १० अभिभावक कक्षामा सहभागी हुनुभएको छ, तीमध्ये सात सय १५ महिला…