तेजिलो दिमाग बनाउन यी खानेकुराहरुको सेवन गर्नुहोस्

निकासखबर संवाददाता

एजेन्सी, २७ माघ । मस्तिष्कको विकासको लागि अन्य कुरा सँगसँगै खानेकुराको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । जसको नियमित सेवनले स्मरण शक्तिको विकास गर्न सकिन्छ । यी कुराहरु हाम्रै भान्छामा पनि हुने गर्दछन् । तर हामी त्यसलाई वेवास्ता गर्दछौं । आज हामी स्मरणशक्ति वृद्धि गर्ने केही खानेकुराबारे चर्चा गर्दैछौं ।

१. गोलभेँडा : गोलभेडामा हुने लाइकोपिन तत्वले शरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । त्यसका साथै गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् ।

२. ओखर : दिनहुँ ओखर सेवन गर्नाले स्मरण शक्तिको वृद्धिका लागि निकै सहयोग पुग्छ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छन् ।

३. दही : दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पु¥याउँछ ।

४.तुलसीको पात : तुलसीको पात दिनको २र३ वटाका दरले खाँदा निकै लाभदायक हुन्छ । यसले छिटो भुल्ने समस्या भएका मानिसलाई समेत फाइदा गर्छ ।

५.स्ट्रबेरी : स्ट्रबरीको नियमित सेवनले मस्तिष्कका कोषको क्षयीकरण हुनबाट बचाउँछ ।

६. जाइफल : जाइफलको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पुर्याउँछ ।

मा प्रकाशित