विविध खबर

माघ १ काे संक्रमणदर ३२ प्रतिशत : १४५५६ को परीक्षण, ४६३६ मा कोरोना !
निकासखबर संवाददाता

काठमाडौं, १ माघ । अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो । हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको २४।७४२ प्रतिशत थियो । तर, पछिल्लो २४ घन्टामै संक्रमणदर ७ प्रतिशत बढेको छ । पछिल्लो २४ घन्टामा पीसीआर परीक्षणबाट ३ हजार ७ सय ३ र एन्टिजेन परीक्षणबाट ९ सय ३३ जनामा…

केएमसीका सञ्चालकलाई सिंहदरबारभित्रै कालोमोसो
निकासखबर संवाददाता

काठमाडाैं, ३० पुस । काठमाडौं मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरूले सिंहदरबारभित्रै कालोमोसो दलिदिएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीले कालोमोसो दलिदिएका हुन् । कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारको मुख्य भागमा अवस्थित मन्त्रालय परिसरमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) सम्बद्ध अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई प्रहरीले पक्राउ गरेको छ । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘सुनिल शर्मालाई कालोमोसो दलेका छौं,’ पराजुलीले भने– ‘हाम्रो संगठनका उपमहासचिव महेश…

कोरोना अपडेट : २४ घन्टामै ३०७५ मा संक्रमण, २ को मृत्यु
निकासखबर संवाददाता

पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ जनाको नमूना परीक्षण गर्दा यो संख्यामा संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यतिबेला देशभर ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?
निकासखबर संवाददाता

मकवानपुर | मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो । नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागु गर्ने जनाइएको छ । त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ । १ देखि ५…

चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड
निकासखबर संवाददाता

काठमाडौं | चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले विशेष ध्यान पुर्‍याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँमा आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले चिकित्सा शिक्षामा देखिएका समस्या समाधानका लागि सरकारले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै चिकित्सा शास्त्र अध्ययन संस्थानकी सहायक डिन तक्मा केसीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नको कारण आजको समस्याहरू देखा परेको बताइन् । सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न नसकेको उनले बताइन् । उनले भनिन्, ‘जुन समस्याहरू छन्, चिकित्सा शिक्षा आयोगले त ऐन बनाउने भयो…