माघ १ काे संक्रमणदर ३२ प्रतिशत : १४५५६ को परीक्षण, ४६३६ मा कोरोना !

निकासखबर संवाददाता

काठमाडौं, १ माघ । अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो ।

हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको २४।७४२ प्रतिशत थियो । तर, पछिल्लो २४ घन्टामै संक्रमणदर ७ प्रतिशत बढेको छ ।

पछिल्लो २४ घन्टामा पीसीआर परीक्षणबाट ३ हजार ७ सय ३ र एन्टिजेन परीक्षणबाट ९ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि संक्रमण पुष्टि भएकामध्ये पछिल्लो २४ घन्टामा ३५० जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयले जनाएअनुसार नेपालमा हालसम्म संक्रमण पुष्टि भएकामध्ये कूल ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा कोरोना निको हुने दर ९६.१ प्रतिशत छ । यतिबेला नेपालमा २१ हजार ५ सय ८४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

मा प्रकाशित