कोरोना अपडेट : २४ घन्टामै ३०७५ मा संक्रमण, २ को मृत्यु

निकासखबर संवाददाता

पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ जनाको नमूना परीक्षण गर्दा यो संख्यामा संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यतिबेला देशभर ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

मा प्रकाशित