विविध खबर
टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
निकासखबर संवाददाताकाठमाडौं | टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा यहि पुष २६ गतेबाट सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता रहने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिलातर्फ विभागीय टिमहरूमा नेपाल आर्मी क्लब, नेपाल पुलिस र शसस्त्र प्रहरी बल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको सहभागिता रहनेछ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकाका महिला भलिबलका क्याप्टेनसहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ । त्यस्तै पुरुषतर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, टिप टप…
क्लबहरुलाई थप रकम दिनेदेखि चुनाव गर्नेसम्मः यस्ता छन् एन्फाको बैठकका १२ निर्णय
निकासखबर संवाददाताकाठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं केन्द्रीय समिति बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । पुस २२ र २३ गते बसेको उक्त बैठकले विभिन्न प्रतियोगितामा विजेता र उपविजृता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । यस्तै शहिद स्मारक ए,बी र सी डिभिजन लिगका क्लबहरुलाई तयारी स्वरुप दिइँदै आएको तयारी खर्चमा थप २ लाख ५० हजार रुपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ । यसैगरी विभिन्न निर्माण कार्यबाट बाँक्ी रकम सदुपयोग गर्ने तथा फिजियोथेरापीको सामान प्रक्रिया पुर्याएर खरिद गर्ने निर्णय पनि बैठकले पारित गरेको छ । यस्तै आगामी…
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा
निकासखबर संवाददाताकाठमाडौं | ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय प्रदेशबाट खेल्ने खेलाडी छनोट गरेको हो । टोलीमा १४ नियमित र चार वैकल्पिक खेलाडी छन् । टोलीको उपकप्तानमा विशाल पौडेल रहनुभएको छ । अन्य खेलाडीमा विधान श्रेष्ठ, दीपक डुम्रे, अर्जुन कुमाल, अनिल गुरुङ, गोविन्द विक, सन्दीप खत्री, अभिषेक बस्नेत, कमल परियार, सुभाष भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल र चन्द्रकान्त पौडेल रहेका गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले जानकारी दिए ।…
सरकार शासक होइन सेवक हो : मन्त्री कार्की
reporterकाठमाडौं | आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राखे । उनले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो छ भने । मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिए । उनले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने…
संसद् अवरोधले निजामती ऐन आउन सकेन : मन्त्री श्रेष्ठ
निकासखबर संवाददाताकाठमाडौं | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताएका छन् । मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उनले लामो समयदेखि संसद् अवरोध भइरहेकाले ऐन पारित हुन नसकेको जानकारी दिए । सङ्घीयताको लोकप्रियता बढाउन संसद्को गतिरोध हट्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले कर्मचारीको मनोबल बढ्ने हिसाबले ऐन आउने र यसले सबै तहका कर्मचारीलाई सन्तुष्ट बनाउने बताए । सरकारले प्रशासन सुधार आयोग बनाउने बताउँदै उनले मुखमा सङ्घीयता र व्यवहारमा एकात्मक सोच हुनुहुँदैन भने । सङ्घले कानुन बनाउने र प्रदेशले विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले प्रदेशको सम्पूर्ण…

