टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

निकासखबर संवाददाता

काठमाडौं | टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा यहि पुष २६ गतेबाट सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता रहने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा महिलातर्फ विभागीय टिमहरूमा नेपाल आर्मी क्लब, नेपाल पुलिस र शसस्त्र प्रहरी बल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको सहभागिता रहनेछ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकाका महिला भलिबलका क्याप्टेनसहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ ।
त्यस्तै पुरुषतर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधि विजेता टिमलाई समान नगद तीन,तीन लाख, उपविजेता महिला÷पुरुष टिमलाई १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई ७५ हजार र सान्त्वना हुने महिला/पुरुष टिमलाई ३५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई २५/२५ हजार पुरस्कारको ब्यवस्था गरिएको छ भने प्रत्येक विद्याका उत्कृष्ट खेलाडीलाई दश, दश हजारसहित ट्रफीद्वारा सम्मान गरिनेछ । खेलको पहिलो दन अर्थात पुस २६ गते उद्घाटन खेलमा पुरुष तर्फको डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र नेपाल एपिएफ क्लब भिड्ने छन् ।

पहिलो राउण्ड रोविन लिग अन्तर्गतका दैनिक रुपमा महिला र पुरुष तर्फका ४ खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि प्रवेश शुल्कवापत २ सय र ३ सय निर्धारण गरिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन शिव श्रेष्ठ संयोजक, सहसंयोजक गोविन्द थापा सहितको विभिन्न उपसमितिहरू गठन गरी सम्पूर्ण कामहरू पुरा गरिएको सचिव प्रकाश बरालले बताए ।

प्रतियोगिता सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति पोखरा महानगर पालिका लगायतका संघ–संस्थाको सहयोग रहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित