काठमाडौं | ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ सदस्यीय प्रदेशबाट खेल्ने खेलाडी छनोट गरेको हो । टोलीमा १४ नियमित र चार वैकल्पिक खेलाडी छन् ।
यसैगरी वैकल्पिक खेलाडीमा अमृत गुरुङ, दिनेश बुढामगर, रोविन तिमिल्सिना र समीर पौडेल छन् । टोलीको प्रशिक्षकमा रिनज प्रजु र टिम व्यवस्थापक चन्द्रकुमार गुरुङ (जिम्मी) चयन भएका छन्। सङ्घले प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न गत पुस ९ देखि १३ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रादेशिक छनोट प्रतियोगिता आयोजना गरेको थियो । स्याङ्जा, तनहुँ, कास्की र नवलपुर गरी चार जिल्लाको सहभागिता रहेको प्रतियोगितामा कास्कीले शतप्रतिशत नतिजा निकालेर च्याम्पियन बन्न सफल भएको थियो ।