विविध खबर

संकटा क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा
निकासखबर संवाददाताझापा। संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले…

जन्म दिनमा भोकालाई भोजन
निकासखबर संवाददाताकाठमाडौं । युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बस्नेतले आफ्नो जन्म दिनमा उदाहरणिय काम गरेका छन् । आफ्नो जन्म दिनमा उनले फजुल खर्च गनु भन्दा पनि गरिवलाई खाना खुवाएर जन्म दिन मनाए पसण्य कमाइने भन्दै ७० जनालाई खाना खुवाखुवाएर जन्मदिन मनाएका हुन् । जय माहाकाल युवा समुहको समन्वयमा भोकले छटपटाइरहेका गरिवहरुलाई काठमाडौंको नयाँ बसपार्क स्थित विजीमहल अगाडि जम्मा गरेर भोजन गराएको उनको भनाइ छ । सामाजिक सेवामा निरन्तर लाग्दै आएका बस्नेतले आफ्नो जन्म दिनको अवरसमा भोकको पिडामा परेकाहरुलाई खाना खुवाएर आत्म सन्तुष्टि गराएको बताएका छन् । जन्म दिनका नाममा अनावश्यक फजुल खर्च गर्दै आएको हाम्रो समाजमा सन्तोष जस्ता युवाहरु कमै रहेका…

झापा गोल्डकपको क्वार्टर फाइनलमा सातदोबाटो
निकासखबर संवाददाताझापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए । सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भए । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको…

उपचारको क्रममा ज्यान गुमाएकी राउत शव दुई दिनपछि परिवारले जिम्मा लिए
निकासखबर संवाददाताउदयपुर । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । मृतकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् । पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म…

कुकुरको टोकाइबाट घाईते महिलाको मृत्यु
निकासखबर संवाददाताखोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त गाउँमा त्रास फैलिएको छ । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए । एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको…