कुकुरको टोकाइबाट घाईते महिलाको मृत्यु

निकासखबर संवाददाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो ।

काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त गाउँमा त्रास फैलिएको छ । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७र८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लगाउँदा पनि बिरामीलाई बचाउन नसकिएको आफन्त सोनाम राईले बताए ।

एन्टी रेबिज भ्याक्सिनको तीन वटै मात्रा पुरा गरे पनि टोकेको २०र२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भएको थियो । टोकेको २८र२९ दिनतिर घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो । टिचिङले टेकुमा रेफर गरे लगत्तै बिरामीको मृत्यु भएको हो । कुकुरले टोक्ने बित्तिकै दिइनुपर्ने खोप नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको राईले बताए ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित