जन्म दिनमा भोकालाई भोजन

निकासखबर संवाददाता

काठमाडौं । युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बस्नेतले आफ्नो जन्म दिनमा उदाहरणिय काम गरेका छन् । आफ्नो जन्म दिनमा उनले फजुल खर्च गनु भन्दा पनि गरिवलाई खाना खुवाएर जन्म दिन मनाए पसण्य कमाइने भन्दै ७० जनालाई खाना खुवाखुवाएर जन्मदिन मनाएका हुन् ।

जय माहाकाल युवा समुहको समन्वयमा भोकले छटपटाइरहेका गरिवहरुलाई काठमाडौंको नयाँ बसपार्क स्थित विजीमहल अगाडि जम्मा गरेर भोजन गराएको उनको भनाइ छ । सामाजिक सेवामा निरन्तर लाग्दै आएका बस्नेतले आफ्नो जन्म दिनको अवरसमा भोकको पिडामा परेकाहरुलाई खाना खुवाएर आत्म सन्तुष्टि गराएको बताएका छन् ।

जन्म दिनका नाममा अनावश्यक फजुल खर्च गर्दै आएको हाम्रो समाजमा सन्तोष जस्ता युवाहरु कमै रहेका छन् । उनले जन्म दिनमा टन्न पैसा कमाउनेहरुलाई बोलाएर पार्टी गराउनुको सट्टा कयौं दिन देखि खान नपाएर सडक पेटीमा भोक भोकै लडिरहेका नागरिकहरुलाई एक छाक भएपनि खान दिएर पुण्य कमाएका छन् । धनीहरुलाई पार्टी खुवाउनु भन्दा गरिवीका कारण खान नपाएर सडकमा भौतारिइरहेका नागरिकलाई एक छाक भएपनि भोजन गराउदा आत्म सन्तुष्टि मिलेको उनको भनाइ छ ।

 

मा प्रकाशित