वर्षाका कारण नेदरल्यान्ड्स र मलेसियाबीचको खेल रोकियो

निकासखबर संवाददाता

काठमाडौं, २० फागुन । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको  नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । वर्षाका कारण मैदानमा कभर ढाकिएको छ भने दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् ।

खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ ।

नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ । फाइनल मंगलबार हुनेछ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित