क्यान्सरका बिरामीलाई यती एयरलाइन्सकाे निःशुल्क टिकट

निकासखबर संवाददाता

काठमाडौं, २८ फागुन । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।

नेपालभरका क्यान्सरका बिरामीलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता भएको छ । क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यतीका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए ।

निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ ।

 

मा प्रकाशित