नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं, ६ असोज २०८० ।

नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन । आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन ।

कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्यहरुमध्ये महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्य श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया पनि निर्विरोध चयन भएका हुन् ।

त्यस्तै कोशीबाट अर्जुन पौडेल, मधेश प्रदेशबाट माधवकुमार कर्मचार्य विजयी, गण्डकीबाट सुदीप शर्मा, बागमतीमा दिवाकर घले र सुदुरपश्चिमबाट विक्रम विष्ट विजयी भए । खुल्ला सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, वीरेन्द्र चन्द र करण महतरा निर्वाचित भए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित