एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपाल विजयी

निकासखबर संवाददाता

काठमाडौं, २७ माघ । लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ​शनिवार भएको खेलमा नेपाल विजयी बनेको हो । क्यानडाले दिएको २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले ६ विकेट गुमाएर २९ बल बाँकी छँदै खेल जितेको हो ।

कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिल साहले ५० रनको अर्धशतकीय पारी खेले । भीम सार्कीले २३ र पवन शर्राफले १४ रन बनाए ।

यसअघि बिहीबार भएको पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् । त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए ।

पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवानले समान २०/२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान २र२ विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिएका थिए ।

 

मा प्रकाशित