एसिया कप आजदेखि, उद्घाटनमा नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौं, १३ भदौ २०८० ।

एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । पाकिस्तानको मुल्तानमा अपराह्न ३ बजे एसिया कपको उद्घाटन खेल हुँदैछ ।

उद्घाटन खेलमा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । नेपाल भने वरीयतामा १५ औँ स्थानमा छ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको झण्डै ३ दशकपछिको पहिलो एसिया कपमा नेपालले पहिलो सहभागितामै भारत र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्ने अवसर पाएको छ ।

पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् । पाकिस्तानका कप्तानसमेत रहेका बाबर विरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ । यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन् । नेपाली बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित राजवंशीले उनीहरु विरुद्ध बलिङ गर्नेछन् ।

त्यस्तै पाकिस्तानी टिममा बलिङमा साहीन शाह अफ्रिदी लयमा छन् । उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि चुनौतीपूर्ण छ । नेपाली ब्याट्सम्यानमा कुशल, आसिफ, रोहित, भीम, आरिफले ब्याटिङ गर्नेछन् ।

मा प्रकाशित