एसिया कप : वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो, अंक बाँडियो

काठमाडौ, १६ भदौ २०८० ।

एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारणले रद्द भएको छ । खेलमा नतिजा नआएपछि दुवै टीमले १/१ अंक बाँडेका छन ।

सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका हुन् ।

पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको म्याचमा विजयी टिम सुपर फोरमा पुग्ने छन् । अंक बाँड्नुपर्ने अवस्थामा नेपाल बाहिरिने छ ।

मा प्रकाशित