यी १५ स्थानमा एसिया कप निशुल्क हेर्न पाइने

काठमाडौं, १३ भदौ २०८० ।

इन्टरनेट सेवा प्रदायक वल्डलिंकले देशका विभिन्न १५ स्थानमा एसिया कपमा नेपालका खेलहरु निशुल्क देखाउने भएको छ । क्रिकेट संघ क्यानको कनेक्टिभिटी पार्टनरको रुपमा रहेको वल्र्डलिंकले १५ स्थानमा निशुल्क रुपमा खेल देखाउने तयारी गरेको हो ।

वल्डलिंकका अनुसार आज भदौ १३ गते नेपाल र पाकिस्तानबीचको खेल तथा भदौ १८ गते नेपाल र भारतबीचको खेल देखाइने छ ।

वल्डलिंकले विर्तामोडमा हनुमान कम्प्लेक्स, दमकमा डिएमएक्स सिनेमा, विराटनगरमा सेन्ट्रल मलको छेउमा, धरानमा घोपा ट्याक्सी स्ट्यान्ड अगाडी, राजविराजमा आनन्द शाह राजदेवी कभर्ड हल, जनकपुरमा राम मन्दिर घण्टाघर, गौरमा गौर राइस मिल तथा बिरगंजमा माईस्थान मन्दिरमा खेल देखाइने छ ।

त्यस्तै हेटौडामा हुप्राचौर, दमौलीमा अनसन चौतारी, बुटवलमा देवनगरी छौपरी, भैरहवामा लुम्बिनी गेट, सन्धिखर्कमा अर्घाखाँची सभा हल, दाङमा भरतपुर ग्राउण्ड र तुलसीपुर्मा ड्रिम पार्टी प्यालेसमा खेल देखाईने वल्डलिंकले जनाएको छ ।

मा प्रकाशित