विविध खबर

सर्वोच्चको आदेश संवैधानीक स्वतन्त्रताको विरुद्ध छः माओवादी
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले गत शुक्रबार सर्वोच्च अदालतले दिएको आदेश प्रति ध्यान आकर्षण भएको जनाएको छ । पार्टीका महासचिव देव प्रसाद गुरुङले एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले संविधान प्रदक्त वाक स्वतन्त्रताको खिल्ली उडाएको बताएका हुन् । गत शुक्रबार सर्वोच्च अदालतबाट रिट निवेदक ज्ञानेन्द्र राज आरणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई अदालतका न्यायाधिश ईश्वर खतिवडा र न्यायाधिश हरि फुयालको संयुक्त ईजलासबाट बदर गरी रिट दर्ता गर्न भनी रजिष्ट्रारको नाममा आदेश दिएको थियो । १० वर्षे महान जनयुद्ध, र १९ दिने जनआन्दोलन र त्यसको जगमा सम्पन्न…

सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला
निकासखबर संवाददाता

दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका जिल्लाका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण अन्य स्थानीय महिलाले पनि गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीस्थित एकता महिला बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताईन् । यो…

ताप्लेजुङकाे फक्ताङलुङमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर
निकासखबर संवाददाता

ताप्लेजुङ। विश्वप्रसिद्ध पुरस्कार ग्रहण गरेपछि आफ्नै गाउँमा पुगेर वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले शल्यक्रियासहितको आँखा शिविर सुरु गरेका छन् । शनिबार आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला आँखा शिविर सुरु गरेका हुन् । उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्ने छ। यस अभियानका एक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका छन्। यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका थिए।

रामेछापका अग्नि पिडित हायूलाई आर्थिक सहयोग
निकासखबर संवाददाता

रामेछाप । रामेछाप काठमाडौं सृजनशिल समाज र रामेछापका युवाहरुको समूह सहयोगी मनहरुको सहकार्यमा अग्नि पिडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । रामेछाप नगरपालिका ८ निवासी ग्नि पिडितलाई जित बहादुर हायुलाई आर्थिक सहयोग उपलब्ध गराएको हो । उनको घरमा फागुन ४ गते आगोलागि भएर घर तथा गोठ पुर्णरुपमा क्षति पुगेको थियो । आगोलागिबाट क्षति पुगेको घरगोठ जलेर नष्ट भएको र हायुको आर्थिक अवस्था समेत कमजोर भएको कारण उक्त युवा समुहले आर्थिक सहयोग जुटाउन पहल गरेको थिए । युवाहरुको पहलमा विभिन्न पेशा व्यवसाय गर्ने तथा संघ संस्थामा आबद्ध रहेका दाताहरुसँग ५० हजार ५ सय ५४ रुपैया रकम संकलन गरि शनिबार हायूलाई उपलब्ध…

पहिचानको आन्दोलन जारी रहन्छ: मन्त्री मोदी
निकासखबर संवाददाता

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं= ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । “एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ” मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले…