विविध खबर

प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति
निकासखबर संवाददाता

तनहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उनले भने । नगरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स अध्ययन…

निकासखबर संवाददाता

बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्विनी प्रदेश समितिले अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वाेच्च अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फुयालको सयुक्त ईजलासबाट रिट दर्ता गर्ने आदेशप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ वुंदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिहरुप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिबाद गर्न अपिल समेत गरेको छ । समितिका अध्यक्ष सुदर्शन वरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तीमा ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका…

नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा
निकासखबर संवाददाता

रामेछाप । नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा निर्माण गरिएको छ । जिल्लाको रामेछाप नगरपालिका ८ डकुरसिं डाँडामा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको ३० लाख सहयोगमा नगरपालिकाले २१.५ फिट अग्लो मुर्ती निर्माण गरेको हो । उक्त मुर्ति नेपालकै सबैभन्दा अग्लो रहेको मुर्ति स्थापना गर्ने कार्यमा सम्लग्न ईन्जिनियर हिरण्यप्रसाद पौडेलले बताए । रामेछापको पर्यटकिय स्थान डकुरसिंडाँडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ ईन्जिनियर कुशुम भट्टराईका अनुसार उक्त मुर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको छ । भारतिय कारिगढले गणेशको…

बालुवाटरमा आठदलीय गठबन्धन बैठक सुरू
निकासखबर संवाददाता

काठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । याे सिहत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएपछि  बैठकले संयुक्त धारणा समेत बनाउने बताइएकाे छ ।  बैठकमा सर्वोच्चको मुद्धाका अलवा राष्ट्रपतिको चुनाव, सरकार विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिसकेका छन् । अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै…

सडक निर्माणको माग गर्दै विप्लव नेतृत्वको नेकपाले गर्यो चक्काजाम
निकासखबर संवाददाता

काठमाडौं । सडक निर्माणको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चक्काजाम गरेको छ। तुलसीपुर–घोराही चार लेन सडकखण्ड छिटो निर्माण हुनुपर्ने माग गर्दै नेकपा तुलसीपुर नगर समितिले आइबार बिहान ११ बजेदेखि तुलसीपुरको हात्तीखौवामा आधा घन्टा चक्काजाम गरेको हो। चक्काजामका कारण सर्वसाधारण आधा घन्टा सडकमै रोकिनु परेको थियो । तुलसीपुर–घोराही सडकखण्ड समयमै निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको भन्दै चक्काजाम गर्नु परेको उक्त पार्टीका एक नेताले बताए । तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको छ । यो पनि पुरै चारलेन छैन। कतै चारलेन त…