विविध खबर

कछुवा गतिमा कोशी करिडोर
निकासखबर संवाददाता

विराटनगर । कोशी करिडोर राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत कोशी प्रदेशको बहुप्रतिक्षित संरचना हो । तर, यसको निर्माण भने ज्यादै सुस्त देखिएको छ । कछुवा गतिमा चलिरहेको आयोजनाको सुस्तताले स्थानीयबासीलाई खिन्न बनाएको छ । कोशी करिडोरको उत्तर–दक्षिण लोकमार्गको अझै ७ किलोमिटर ट्रयाक छिचोल्नै बाँकी रहेको छ । सरकारले उच्च प्राथमिकतामा राखे पनि करिडोरको ट्रयाक खन्ने काम भने धिमा गतिमा नै अघि बढिरहेको छ । कोशी करिडोर खाँदबारी–किमाथांका सडक योजना कार्यालयका योजना प्रमुख सविन कोइरालाले करिडोर अन्तर्गत १४ किलोमिटर सडकको ट्र्याक खन्नुपर्नेमा अहिलेसम्म ७ किलोमिटरको ट्रयाक खुलिसकेको बताए । ‘अहिले च्याङपाङ खण्डको ७ किलोमिटर सडकको ट्रयाक छिचोल्न बाँकी छ,’ उनले भने ‘अबको…

प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति
निकासखबर संवाददाता

तनहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उनले भने । नगरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स अध्ययन…

निकासखबर संवाददाता

बुटवल ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्विनी प्रदेश समितिले अध्यक्ष क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर दायर भएको रिट निवेदनमा सम्मानित सर्वाेच्च अदालतका माननीय न्यायाधिश ईश्वर खतिवडा र माननीय न्यायाधिश हरि फुयालको सयुक्त ईजलासबाट रिट दर्ता गर्ने आदेशप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ वुंदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिहरुप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिबाद गर्न अपिल समेत गरेको छ । समितिका अध्यक्ष सुदर्शन वरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तीमा ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका…

नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा
निकासखबर संवाददाता

रामेछाप । नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा निर्माण गरिएको छ । जिल्लाको रामेछाप नगरपालिका ८ डकुरसिं डाँडामा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको ३० लाख सहयोगमा नगरपालिकाले २१.५ फिट अग्लो मुर्ती निर्माण गरेको हो । उक्त मुर्ति नेपालकै सबैभन्दा अग्लो रहेको मुर्ति स्थापना गर्ने कार्यमा सम्लग्न ईन्जिनियर हिरण्यप्रसाद पौडेलले बताए । रामेछापको पर्यटकिय स्थान डकुरसिंडाँडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ ईन्जिनियर कुशुम भट्टराईका अनुसार उक्त मुर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको छ । भारतिय कारिगढले गणेशको…

बालुवाटरमा आठदलीय गठबन्धन बैठक सुरू
निकासखबर संवाददाता

काठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । याे सिहत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएपछि  बैठकले संयुक्त धारणा समेत बनाउने बताइएकाे छ ।  बैठकमा सर्वोच्चको मुद्धाका अलवा राष्ट्रपतिको चुनाव, सरकार विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिसकेका छन् । अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै…