बालुवाटरमा आठदलीय गठबन्धन बैठक सुरू

निकासखबर संवाददाता

काठमाडौं । आठदलीय गठबन्धन बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । याे सिहत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएपछि  बैठकले संयुक्त धारणा समेत बनाउने बताइएकाे छ ।  बैठकमा सर्वोच्चको मुद्धाका अलवा राष्ट्रपतिको चुनाव, सरकार विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिसकेका छन् ।

अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । प्रधानमन्त्रीले सरकारले पूर्णता दिनेबारे गृहकार्य थालेको यसअघि नै बताइसकेका छन् ।

मा प्रकाशित