विविध खबर

राष्ट्रपति निर्वाचन राप्रपाले वहिस्कार गर्ने
निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बिहीबार हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो। बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने, तटस्थ बस्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । कार्यसमितिको बैठकले दुवै जना उम्मेदवार पार्टीको सक्रिय राजनीतिमार्फत् आएका कारण निष्पक्षता नहुने भएकाले राष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। सैद्धान्तिक रुपमा राष्ट्रपति संस्थाप्रति पार्टीको फरक मत रहेको र संविधानले राष्ट्रपतिलाई संवैधानिक संस्थाको रुपमा परिकल्पना गरेकोले आफुहरुले यो चुनावमा भाग नलिने उनको भनाइ छ । अहिले उम्मेदवार बनेका…

स्थलमार्गबाट नुन ढुवानीमा समस्या, गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी
निकासखबर संवाददाता

सुर्खेत । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको हो । कैलाश एयरको हेलिकोप्टरबाट अनुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताए । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो। हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ। बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुन्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ। हेलिकोप्टरभित्र राख्नभन्दा झुन्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको…

कर्णालीको विकासमा मन्त्री मोदीको चासो
निकासखबर संवाददाता

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन् ।  मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगल बहादुर शाहीसँग भएको भेटवार्तामा मन्त्री मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका हुन् । मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । “कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु” मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, “कर्णालीलाई समृद्ध बनाउने तपाईहरुको यात्रामा सदैव सँगै हुन्छु तपाईहरुलाई…

सर्वोच्चमा प्रचण्ड’ विरुद्धको रिट दर्ता हुँदै
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता हुने भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको रिट दर्ता हुन लागेको हो । अहिले अधिवक्ता आरन सर्वोच्चमा पुगिसकेका छन् । तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो ।

मार्च ८ मा १०१ महिला सम्मानित हुँदै
निकासखबर संवाददाता

काठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक९१०१० महिलाहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र उनिहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्ने धएके छ । कार्यक्रम फागुन २४ गते होटल हायात प्लेसमा आयोजना हुनेछ । प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि आयोजना हुने डब्लुआइआइटी सस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिइन् । उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुमना श्रेष्ठ ‘कि(नोट’ बक्ताको रुमा रहेकी छन् । उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्व कार्यक्रम संयोजक एलिसा राज भण्डारीले आईसीटीमा…