राष्ट्रपति निर्वाचन राप्रपाले वहिस्कार गर्ने

निकासखबर संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बिहीबार हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो।

बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने, तटस्थ बस्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । कार्यसमितिको बैठकले दुवै जना उम्मेदवार पार्टीको सक्रिय राजनीतिमार्फत् आएका कारण निष्पक्षता नहुने भएकाले राष्ट्रपतिको निर्वाचनमा भोट नहाल्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

सैद्धान्तिक रुपमा राष्ट्रपति संस्थाप्रति पार्टीको फरक मत रहेको र संविधानले राष्ट्रपतिलाई संवैधानिक संस्थाको रुपमा परिकल्पना गरेकोले आफुहरुले यो चुनावमा भाग नलिने उनको भनाइ छ । अहिले उम्मेदवार बनेका दुवै उम्मेदवाहरू सक्रिय राजनीतिमा रहेकोले उनीहरुबाट त्यो अभिभावकीय भूमिकाको परिकल्पना गर्न नसकिने भएकोले राप्रपाले चुनावमा सहभागी नहुने निर्णय गरेको राप्रपाले जनाएको छ ।

 

मा प्रकाशित