नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा

निकासखबर संवाददाता

रामेछाप । नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा निर्माण गरिएको छ । जिल्लाको रामेछाप नगरपालिका ८ डकुरसिं डाँडामा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको ३० लाख सहयोगमा नगरपालिकाले २१.५ फिट अग्लो मुर्ती निर्माण गरेको हो । उक्त मुर्ति नेपालकै सबैभन्दा अग्लो रहेको मुर्ति स्थापना गर्ने कार्यमा सम्लग्न ईन्जिनियर हिरण्यप्रसाद पौडेलले बताए ।
रामेछापको पर्यटकिय स्थान डकुरसिंडाँडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ

ईन्जिनियर कुशुम भट्टराईका अनुसार उक्त मुर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको छ । भारतिय कारिगढले गणेशको मूर्ति तयार गरी स्थापना गरेको पर्यटन क्षेत्रका अगुवा हिरण्यप्रसाद पौडेलले वताए ।

डुकुरसिंमा यस अघि पुरातत्व विभागले विभिन्न पर्यटन पूर्वाधारको काम गर्दै आएको छ ।

मा प्रकाशित