रामेछापका अग्नि पिडित हायूलाई आर्थिक सहयोग

निकासखबर संवाददाता

रामेछाप । रामेछाप काठमाडौं सृजनशिल समाज र रामेछापका युवाहरुको समूह सहयोगी मनहरुको सहकार्यमा अग्नि पिडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । रामेछाप नगरपालिका ८ निवासी ग्नि पिडितलाई जित बहादुर हायुलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उनको घरमा फागुन ४ गते आगोलागि भएर घर तथा गोठ पुर्णरुपमा क्षति पुगेको थियो । आगोलागिबाट क्षति पुगेको घरगोठ जलेर नष्ट भएको र हायुको आर्थिक अवस्था समेत कमजोर भएको कारण उक्त युवा समुहले आर्थिक सहयोग जुटाउन पहल गरेको थिए ।

युवाहरुको पहलमा विभिन्न पेशा व्यवसाय गर्ने तथा संघ संस्थामा आबद्ध रहेका दाताहरुसँग ५० हजार ५ सय ५४ रुपैया रकम संकलन गरि शनिबार हायूलाई उपलब्ध गराएको युवा व्यवसायी जय मानन्धरले जानकारी दिए ।
उक्त रकम रामेछाप ८ का निवर्तमान वडा अध्यक्ष केदार कार्कीले पिडित हायूलाइ हस्तान्तरण गरेका थिए । सहयोग रकम जय मानन्धर ,सोम बुढाथोकी, संजय कार्की र विपिन भट्टराईको सक्रियतामा संकलन गरिएको हो ।

मा प्रकाशित