ताप्लेजुङकाे फक्ताङलुङमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर

निकासखबर संवाददाता

ताप्लेजुङ। विश्वप्रसिद्ध पुरस्कार ग्रहण गरेपछि आफ्नै गाउँमा पुगेर वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले शल्यक्रियासहितको आँखा शिविर सुरु गरेका छन् । शनिबार आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला आँखा शिविर सुरु गरेका हुन् ।

उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्ने छ।

यस अभियानका एक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका छन्। यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका थिए।

मा प्रकाशित