विविध खबर

पहिचानको आन्दोलन जारी रहन्छ: मन्त्री मोदी
निकासखबर संवाददाताझापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं= ९ मा राजवंशी समाज विकास समितिद्धारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन बाँकी उपलब्धिका लागि संघर्ष जारी रहने बताए । “एमाले कांग्रेसले यो देशमा गणतन्त्र आउनै सक्दैन भन्थे, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ” मन्त्री मोदीले भने, “कुनै न कुनै बेला संघर्षको प्रतिफल प्राप्त हुन्छ, ढिला हुन सक्ला तर पहिचानको आन्दोलनले…

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण
निकासखबर संवाददाताकाठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ। नेपालमा पहिलो पटक एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई वटा मिर्गौला र एउटा कलेजो गरी तीन वटा अङ्ग प्रत्यारोपण गरिएको हो । भक्तपुरको एक अस्तपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको केन्द्रमा शल्यक्रिया गरेर मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रमा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा मस्तिष्क मृत्यु भएका व्यक्तिको फागुन १६ गते रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिराहाको सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण तथा ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको…

कुकुर नियन्त्रण गर्न निःशुल्क बन्ध्याकरण शिविर
निकासखबर संवाददाताबागलुङ । छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंको आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रणसँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको पशुविज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । शिविरमा घरपालुवा तथा छाडा दुवै कुकुरको बन्ध्याकरण गरिएको छ । घरपालुवा कुकुर घरमालिकले शिविरसम्म ल्याएका थिए । छाडा कुकुर स्थानीय तह पशु शाखामा कार्यरत…

संगठन दर्ता गर्न नदिएपछि क्याम्पसमा ताला
निकासखबर संवाददाताबुटवल । आफ्नो संगठनलाई दर्ता गर्न नदिएको भन्दै राष्ट्रिय जनमोर्चाको अखिल (छैठौं) ले बुटवलको सिद्धार्थ क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठन दर्ता गर्न नदिइएको भन्दै अखिल छैठौंले ताला लगाएको हो । शुक्रबार दिउँसो ३ बजेसम्म विद्यार्थी संगठनहरुको नाम दर्ता गर्ने समय रहेपनि २ बजे अगाडि नै नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैठौंका इकाई अध्यक्ष समिर पोखरेलले बताए । क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईंले नियतवश संगठनको नाम दर्ता नगरेको नभई ढिलो आएकाले दर्ता नभएको बताए । क्याम्पस प्रमुख विष्णु रानाले शनिबार…

ड्युटीमा रहेका प्रहरीको मृत्यु
निकासखबर संवाददाताकाठमाडौं । बैतडीमा कार्यरत एक प्रहरीको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट सलेनामा कार्यरत प्रहरी सहायक हवल्दार नवीन चौधरीको ड्युटीमा रहेको समयमा मृत्यु भएको हो। बुधबार साँझ ड्युटीमा रहेकै बेला उनी एक्कासी ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि नजिकैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकाराज जोशीका अनुसार अस्पताल पुर्याएको केही समयमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका हुन् । हिजो साँझ ड्युटीमा हुँदा उनी एक्कासी ढलेका र लगत्तै पाटन स्वास्थ्य केन्द्रमा पुर्याइए पनि डाक्टरले केहीबेरमै मृत घोषणा गरेका उनले बताए । जोशीले चौधरीका आफन्त आएपछि पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ ।